दफा २६
निर्वाचन चिन्ह
: (१) निर्वाचनका लागि उम्मेदवारलाई वितरण गर्ने निर्वाचन चिन्ह आयोगले निर्धारण गर्नेछ ।
(२) उपदफा (१) बमोजिम निर्धारण गरिएको निर्वाचन चिन्ह उम्मेदवारलाई तोकिए बमोजिम प्रदान गरिनेछ ।
(३) उपदफा (२) बमोजिम प्रदान गरिएको निर्वाचन चिन्ह त्यस्तो उम्मेदवार बाहेक अरु कसैले पनि प्रयोग गर्न पाउने छैन ।
(४) यस दफा बमोजिम उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्दा दलको उम्मेदवारलाई आयोगबाट निर्वाचनको प्रयोजनका लागि त्यस्तो दलको लागि निर्धारण गरिएको निर्वाचन चिन्ह प्रदान गर्नु पर्नेछ । त्यसरी निर्वाचन चिन्ह प्रदान गर्दा कुनै गल्ती भएको वा फरक पर्न गएको भन्ने आयोगलाई लागेमा आयोगले त्यस्तो चिन्ह परिवर्तन गर्न सक्नेछ ।
(५) आयोगले दलको उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिसकेपछि त्यस्तो उम्मेदवारले आफ्नो दल त्याग गरेमा वा अर्को दलमा प्रवेश गरेमा निजलाई प्रदान गरिएको निर्वाचन चिन्ह परिवर्तन हुने छैन । त्यस्तो उम्मेदवार निर्वाचित भएमा सम्बन्धित दलले प्रमाण सहित आयोगमा उजूरी दिएमा निजको सदस्यता खारेज हुनेछ ।
(६) स्वतन्त्र उम्मेदवारलाई आयोगले निर्धारण गरेको निर्वाचन चिन्हको समूहबाट तोकिए बमोजिमको तरीका अनुसार निर्वाचन अधिकृतले निर्वाचन चिन्ह प्रदान गर्नेछ ।